हेटौंडा| संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा एउटा प्रतिवेदन र एउटा विधेयक पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०७८र०७९० पेश गर्नेछन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ संसदमा प्रस्तुत गर्नेछन् ।
सेयर गर्नुहोस्






















