राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकारमा नेता सुनीलबहादुर थापा नियुक्त

हेटौंडा टुडे
२०७९ चैत्र १६, बिहीबार १५:४२ गते

हेटौंडा | राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री थापाले बिहीबार शीतलनिवासमा पत्र बुझेका छन् । उनले शुक्रबारदेखि कार्यभार सम्हाल्नेछन् ।

थापा आपूर्तिमन्त्री हुँदा दक्षिण एसियाको पहिलो नेपाल–भारत सीमापार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सुरुवात भएको थियो । थापासँग संयुक्त राष्ट्रसंघको उच्च ओहोदामा काम गरेकोसमेत अनुभव छ ।

राष्ट्रपति पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त गरेका छन् । पौडेलले सचिवालयसमेत हेर्ने गरी डा। सुरेशचन्द्र चालिसेलाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*