उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै

हेटौंडा टुडे
२०८० बैशाख ७, बिहीबार ११:३५ गते

हेटौंडा|  बैशाख १० गते हुन लागेको उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै छ । मतदानका लागि राति १२ बजेदेखि मौन अवधि शुरु हुन लागेको हो ।

उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न र मतदाता माझ मत माग्न पाइने छैन र यस्तो गरेको पाइएमा कारबाही हुनेछ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा बैशाख १० गते विहानदेखि मतदान हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*