प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा अधिकारी

हेटौंडा टुडे
२०८१ फाल्गुन ६, मंगलवार १६:१८ गते

हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौ अधिबेशनबाट अध्यक्षमा मकवनपुरका अधिकारी चयन भएका हुन् ।

समितीको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अन्जली तामाङ, महासचिवमा नविन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भिर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

अधिवेशनको उद्धघाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*