जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म मुग्लिन-मलेखु सडक राति बन्द हुने

हेटौंडा टुडे
२०८२ जेष्ठ २९, बिहीबार १६:५४ गते

हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबार देखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिएका हुन।

मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन्। यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन्। रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*