हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको नेतृत्व बसेको मन्त्रालयको बैठले यस्तो निर्णय गरेको हो । सूचीकरणका लागि दिएको एक साताको समयावधि बुधबार राति सकिएसँगै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गर्यो ।
मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल बन्द हुने र सूचीकरण गरेमा सोही क्षणदेखि सक्रिय गराउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपालमा केही समाजिक सञ्जाल यसअघि नै दर्ता भइसकेका छन् । तर ठूला सामाजिक सञ्जाल भने दर्ता भएका छैनन् ।
सरकारको निर्णयसँगै कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ? हामी जानकारी दिदैछौं ।
कुन कुन सामाजिक सञ्जाल चल्छन् ?
दर्ताको प्रक्रियामा भएका सामाजिक सञ्जाल
कुन कुन सामाजिक सञ्जाल चल्दैनन् ?





















