मंगलबार सुनको मूल्यमा नया रेकर्ड

हेटौंडा टुडे
२०८२ भाद्र २४, मंगलवार ११:२५ गते

हेटौंडा । मंगलबार सुनको मूल्य तोलामा २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो ।  यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*