हेटौंडा । दार्चुलामा सोमबार भूकम्प गएको छ । सोमबार दिउँसो (२:४३) को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो सानो भूकम्प हो । चार म्याग्निच्युभन्दा मुनिका भूकम्प खासै महसुस समेत गरिँदैन । यसअघि, यही कात्तिक २१ गते दिउँसो २ बजेर २२ मिनेटमा अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सेयर गर्नुहोस्






















