सिंहदरबारमा बस्दै राष्ट्रियसभा बैठक

हेटौंडा टुडे
२०८२ माघ ४, आईतवार ११:४७ गते

हेटौंडा । राष्ट्रियसभा बैठक सिंहदरबारमा आज बसेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि स्थगित भएको राष्ट्रियसभाको बैठक ४ महिना पछि आज बसेको हो।

आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

यस्तै, राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ। अर्को  बैठक  आगामी शुक्रबार बस्नेछ

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको  थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*