मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन १२, मंगलवार १५:३४ गते

हेटौंडा । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।

नेप्सेमा कुल ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, नेपाल एसबिआई बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*