हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेस १७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । इलाम–१ मा कांग्रेस अगाडि रहेको छ ।
नेकपा (एमाले) ले आठ स्थान विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । संखुवासभामा एमाले अगाडि छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उमेदवार एक/एक स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।





















