बिहीबार सुनको मूल्य तोलामा १८ सयले बढ्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ ७, बिहीबार १३:०१ गते

हेटौंडा। नेपाली बजारमा बिहीबार (जेठ ७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (जेठ ६) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*