सरकारले रोक्यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता

हेटौंडा टुडे
२०८३ जेष्ठ ८, शुक्रबार ११:०० गते

 हेटौंडा। देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का भएको छ । यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो । विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्रअनुसार नयाँ दर्ता रोक्का इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू भएको छ ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको विभागको भनाइ छ । इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख छ ।

विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई परिपत्र पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३० अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले यस्तो निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*