सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ २५, सोमबार ११:२० गते

हेटौंडा। नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने आज बढेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलो २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*