फागुन ०६ हटौंडा,जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरले ट्राफिक नियम उल्लङघन गर्ने सवारी र सवारी चालकहरुलाई गोप्रो क्यामेराले निगरानी गरेर कार्वाही गर्न थालेको छ ।
हेटौंडा उपमहानगरपालिकाकाले माघ १३ गते जिल्ला प्रहरी कार्यलय मकवानपुरलाई गोप्रो क्यामेरा, ब्रेथलाईजर लगाएतका सामाग्री वितरण गरेको थियो ।फागुन १ गते देखि प्रयोगमा ल्याईएको क्यामेराले एक जना ओभर स्पिडमा मोटरसाईकल चलाउने चालकलाई कार्वाही समेत गरेको छ ।
क्यामेराको माध्यमले ट्राफिक नियम उल्लङघन गर्ने सवारी र सवारी चालकहरुलाइ कार्वाही गर्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब निरिक्षक हरी बहादुर क्षेत्रीले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरुलाई ब्रेथलाईजर मेशिनले परिक्षण गर्ने गरेको पनि प्रहरी नायब निरिक्षक क्षेत्रीले बताउनुभयो ।
हेर्नुहोस भिडियो
https://www.facebook.com/104296287587972/videos/186687149257199/
यो भिडियो लक्ष्मण कुमार महतोको गोप्रो क्यामेराले कैद गरेको हो ।
यो पनि पढ्नुहोस
मकवानपुरका प्रहरी प्रमुख राठोर सादा पोसाकमा, प्रहरीहरुको गयो सातो ।






















