गैसस मकवानपुरका अध्यक्ष कृष्ण धितालको स्कार्पियो दुर्घटना, दुर्घटनामा श्रीमतीको मृत्यु, चारजना गम्भिर

हेटौडा टुडे
१५ असार २०७७, सोमबार २२:४८

असार १५ हेटौंडा

गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार स्करपियो दुर्घटनामा परेको छ । दुर्घटनामा परि धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको चितवनका जिल्लाका प्रहरि नायव उपरिक्षक डि एस पि सुर्य थापाले जानकारि दिनु भयो ।

आज सांझ साढे पाँच बजेको समयमा सवारी दुर्घटना भएको हो । काठमाण्डौबाट परिवार सहित हेटौंडा फर्कने क्रममा पुर्ब पस्चिम राजमार्ग अन्तरगत चितवनको सत्रकिलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा  छ भने चालक राजन घिमिरे र धितालका छोरा गम्भिर घाइते रहेको र उनिहरुको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परि कृष्ण धितालको दुबै गोडा र छातिको हड्डि फ्याक्चर र टाउकोमा चोट छ भने धितालकि छोरि घाईते सगै सामान्य बोलचाल गर्ने भएता पनि अबस्था भने खतरा मुक्त नै रहेको छ । छोरा अनुज धितालको भने शरिरको सबैतिर चोट पटक र रहेको र अबस्था अचेत छ तथा चालक राजन घिमिरेको पनि गम्भिर घाईते भएका छन भने उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
ठक्कर दिने ग्यास बुलेटको चालक भने परार रहेको चितवनका प्रहरि नायव उपरिक्षक डि एस पि सुर्य थापाले जानकारि दिनु भयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*