हेटौडा १५ जातेमा ६ सय विरुवा वृक्षारोपण

टुडे संवाददाता
२३ असार २०७७, मंगलवार १९:३२

असार २३, हेटौंडा/चुरेकाडँ वन सामुदायिक उपभोक्ता समुह हेटौडा १५ जातेमा खेर गएको समुहको जमिनमा मङगलवार करीब ६०० सय विरुवा वृक्षारोपण गरिएको छ ।
हेटौडा उपमहानगर पालिका १५ नम्बर वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्तामा भएका कार्यक्रममा अतिथी श्रृजना खानेपानी समुहका अध्यक्ष नवराज घलान, टोल विकास नगर समन्वय समितीका नगर सदस्य हर्करत्न लामा र समुहका सम्पुर्ण उपभोक्ताहरुको बाक्लो उपस्थितीका वृक्षारोपण गरिएको छ । उक्त जमिनमा कपुर,चाँप,खयर लगायतका विरुवाहरु वृक्षारोपण गरिएको थियो । कार्यक्रम चुरेकाडँ वन सामुदायिक उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर घलानको संयोजत्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*