९ साउन,हेटौंडा/वडा प्रहरी कार्यालय हेटौंडाले घुस रकम दिन खोज्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।
(बिहिवार) गएराति अबैध तरिकाले बालुवा बोकेर आएको ट्रयाक्टरलाई छोडन भन्दै प्रहरीलाई घुस रकम दिन खोज्ने एक जनालाई वडा प्रहरी कार्यालय हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
हेटौंडा उपमहानगरपालीका वडा नम्बर २ संगम चोकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग प्रहरी टोलीलाई घुस दिन खोज्ने ट्याक्टर साहु हेटौँडा १ जरुवा टोल बस्ने संजय लामालाई घुस रकम सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ईश्वरी भण्डारी ले जानकरी दिनुभयो । भण्डारीका अनुसार लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताईएको छ ।
सेयर गर्नुहोस्






















