
असोज २ ,
हेटौडामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडा स्थित जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा उक्त पूजा हून लागेको हो
बेलडाँडा स्थित गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो। पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका अध्यक्ष तथा फुर्वा पुजा कार्यक्रम संयोजक डोल्मा स्याङबोले देशमा हत्या हिंसा, अशान्ति बढेको भन्दै सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति असोज १५ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजाको आयोजना गर्न लागीएको जानकारि दिनूभएको हो ।
उक्त विश्वशान्ति तथा फुर्वा पूजा भवन निर्माण तथा गुम्बा संरक्षण को उदेश्यले पनि गर्न लागेकोले त्यस पूजामा भारतको देहरादुनबाट धर्मगुरु ज्ञान बज्र रेम्पोर्छे सहित लामाहरू आउने संयोजक स्याङबोले बताइन।
आयोजकले जनाए अनुसार असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन कार्यक्रम रहेको त्यसैगरी असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने र असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिले जानकारी गराएको छ ।

