सामुदायिक सांस्कृतिक भवन निर्माणार्थ सांस्कृतिक कार्यक्रम गरिँदै , कार्यक्रममा मनोज गजूरेल र प्रिति आले आउने

हेटौडा टुडे
२७ आश्विन २०७६, सोमबार २१:२४

असोज २७, हेटौडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्र्तगत एउटा सामुदायिक सांस्कृतिक सभाहल निर्माणार्थ झिलिमिलि झिल्ला–२०७६ आयोजना गरिने भएको छ ।

मकवानपुर सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा आउदो कार्तिक ८ गते सूक्रबार हेटौंडा उपमहानगरपालिका १० सोलिड्यारीटी बिध्यालयको  हलमा शुभ दीवापलीको शुभकामना आदानप्रदान सहित मंचले सांस्कृतिक  संरक्षण, सम्बर्धन लागि सामुदायिक सांस्कृतिक सभाहल निर्माणका लागि झिलिमिलि झिल्ला–२०७६ को आयोजना गरिने भएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मंचले हेटौंडा उपमहानगरपालिका अन्तर्गत एउटै सांस्कृतिक सभाहल नभएकाले झिलिमिलि झिल्ला कार्यक्रम सफल पार्नको निम्ति कार्यक्रममा ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरेल, ब्याटल क्वीन गायिका प्रिती आलेका साथै हेटौंडेली कलाकारहरुको प्रस्तुती रहने र उक्त सांस्कृतिक कार्यक्रम हेर्नका लागि रु ५ सय रु १ हजार र रु २ हजारको टिकटको समेत व्यवस्था गरिएको  र उक्त कार्यक्रमबाट संकलित रकमले लगभग १२÷१४ मिटर चौडा र ३० मिटर लम्बाई भएको आधुनिक सभाहल निर्माण गरिने मंचका सचिव आशाकाजी श्रेष्ठले जानकारी दिनूभयो ।

सामूदायिक वन उपभोक्ता महासघंको सहकार्यमा हेटौडा १० मा सूरु भैसकेको सांस्कृतिक सभाहल निर्माणको लागि ३० लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने र  उक्त  सामुदायिक सांस्कृतिक सभाहलमा ३ सय दर्शक सजिलोसँग बस्ने सक्ने गरि निर्माण गर्न लागिएको र सभाहलको अनुमानित लागत खर्च ३० लाख ९७ हजार रहेको मञ्चका कोषाध्यक्ष प्रलय चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*