
असोज २९ , हेटौडा
दिपक दिपाको छ माया छपक्कै यहि असोज २४ गते सुक्रबारबाट उपत्यका सहित देसभरका बिभिन्न सिनेमा घरहरुमा चलिरहेको छ । यसै क्रममा चलचित्र प्रमोसनको लागि छ माया छपक्कै को टोलि भोलि [बिहिबार] हेटौंडाको दूईवटै हलहरुमा हेटौडेलि दर्सकहरुसंग १२- ३ र ३ – ६ को सो हेर्न आउने भएका छन ।
दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे [माग्ने बुडा], जितु नेपाल [मुन्द्रे] , सुपुष्मा भट्ट, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । हाल सम्म चलचित्र छ माया छपक्कैले ४ करोड माथिको व्यापार गरिसकेको छ । चलचित्र प्रमोसनको लागि भोलि काठमाण्डौबाट हेटौडा , पर्सि सुक्रबार चितवन, त्यसपछि बुटवल र पोखरा हूदै अन्य सहरहरुमा जाने चलचित्र युनिटले जनाएको छ ।


सेयर गर्नुहोस्