पत्रकार सन्तोष देउजाको रिहाई सबै सञ्चारकर्मीको जीत अधिवक्ता स्वागत नेपाल

हेटौंडा टुडे
१४ कार्तिक २०७६, बिहीबार २२:५८

कार्तिक १४ , वीरगञ्ज

बाराको सिमरामा रहेर युटुबरका रुपमा परिचित सञ्चारकर्मी सन्तोष देउजा न्यूनतम धरौटीमा रिहा भएका छन् ।

देउजा कपुरबोट मिडिया प्रा. ली.  द्धारा सञ्चालित कपुरबोट युटुब च्यानलका प्रवन्धक हुन । आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५  हजार धरौटीमा देउजा रिहा भएका हुन् । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सरकारी वकिल निरञ्जन स्थापितले बहस गरेका थिए ।

डाक्टर दाम्पती निलम , राजेशको विषयमा भिडियो अन्र्तवार्ताको विषयलाई लिएर नेपाल प्रहरीको साईबर ब्युरोमा डा.  निलम साह र निरञ्जन प्रसाद साहले पत्रकार देउजा विरुद्ध मुद्दा दर्ता गराएका थिए । साईबर क्राईम मुद्दा दर्ताभए पनि हिरासतमा नै नबसि उनी आज अदालतमा हाजिर भएका थिए ।

अदालतबाट आज नै थुनछेक बहस भई देउजा तारिकमा रिहा भएका हुन् । अधिवक्ता स्वागत नेपालले पत्रकार देउजाको रिहाई सबै सञ्चारकर्मीको जीत भएको प्रतिकृया दिएका छन् ।  सत्य तथ्य सञ्चार सामाग्री सञ्चार माध्यममा प्रशारण गरेकौ कारण राज्यद्धारा साईबर क्राईममा झुठा मुद्दा चलाउने कार्य रोकिनुपर्ने समेत बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*