
१८ कार्तिक, हेटौंडा
हेटौंडा १५ रातोमाटे लच्कामा सोमबार साँझ ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा १५ रातोमाटे बस्ने अन्दाजी ३४ बर्षीय औतार स्यानताङकोो घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी गरि दुर्घटनामा परी गम्भिर घाइते हुनेमा मोटरसाइकलमा सवार बारा तिन नम्बर पुल बस्ने ३२ बर्षीय मनिष लामा रहेको जनाएको छ। घाइते लामाको दुबै खुट्टामा ठुलो चोट भएकाले उपचारको लागि चुरेहिल अस्पतालमा उपचार भइरहेको साथै ट्रक चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको मकवानपुर प्रहरी जनाइएको छ।


सेयर गर्नुहोस्