सवारी चालक अनुमति पत्र नहुने अटोलाई कारवाही

हेटौडा टुडे
२४ कार्तिक २०७६, आईतवार १९:३२

 

कार्तिक २४ , हेटौडा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा सवारी चालक अनुमति पत्र नभएका ९ अटो चालकहरुलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीले कारवाही गर्नेमा ना १ ह ३५३८,  ना १ ह ३५६४,  ना १ ह ५६७०,  ना २ ह १०४२,  ना २ ह ४५८७,  ना २ ह १८९५,  ना २ ह ४५९७,  ना ३ ह १२२,  प्रदेश नं  ३–०३–००१  ह  ११० नम्बरको अटोलाई कारवाही गरेको थियो । कारवाहीमा परेका अटोलाई सवारी चालक अनुमति पत्र प्राप्त चालकहरुलाई जिम्मा लगाईएको थियो । नियन्त्रणमा लिईएका अटो चालकहरुलाई सडक सुरक्षा अन्तर्गत प्रशिक्षण कार्यक्रम दिई नियम उलंघन गरेवापत् जरिवाना गरी पठाईएको छ ।

त्यस्तै आज दिनभर हेटौंडा ११ थानाभर्याङमा सवारी चालक अनुमति पत्र नभएका अटो चालकहरुलाई गरेको कारवाहीबाट नौ हजार राजस्ब संकलन गरिएको छ भने अन्य एकसठिठ् वटा सवारि साधनहरुलाई गरिएको कारवाही र तिनवटा मादक पदार्थसेवन गरि सवारि चलाए वापत एकचालिस हजार राजस्ब संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*