पारिजातपथमा कारले दियो ३ वटा मोटरसाइकललाई ठक्कर

हेटौडा टुडे
२७ कार्तिक २०७६, बुधबार १९:५५

कार्तिक २७, हेटौडा

हेटौंडा ४ पारिजात पथ कामना सेवा बिकास बैक नजिकै कारले रोकिराखेको ३ वटा मोटरसाइकललाई ठक्कर दिएको छ।

बा १३ च ३८९ नम्बरको कारले ना ३४ प ७१७४ र ना २१ प ४०१९ र ना ३७ प ५०८६ नम्बरको को रोकिराखेको ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल क्षतिग्रस्त भएको छ।
कारको ठक्करबाट मोटरसाइकलमा क्षेति पुगेपनि मानविय क्षेति नभएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्। कार चालक फरार रहेको भए पनि कार प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*