गोरक्षनाथको महायज्ञमा ५२ लाख संकलन

हेटौंडा टुडे
६ मंसिर २०७६, शुक्रबार १७:२३

हेटौंडा, मंसिर ६ 

हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिनसम्ममा ५२ लाख रुपैँया संकलन भएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको चौथो दिनसम्ममा ५२ लाख ५ हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया र अाज शुक्रबार २० लाख संकलन भएको लेखा समिति संयोजक घिमिरेले जानकारी दिए । शुक्रबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ का रामप्रसाद पराजुली ५ लाख, एकराज खतिवडा १ लाख, अरुण खतिवडा १ लाख, हेटौंडा १८ को ज्योति उमावि ५० हजारलगायतबाट २० लाख संकलन भएको घिमिरेले जानकारी दिए । मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । सांसद इन्द्रबहादुर बानियाँ संयोजक रहेको महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*