मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना, ३ को मृत्यू ५ घाइते

हेटौडा टुडे
११ पुष २०७६, शुक्रबार १४:१९

पौष ११मकवानपुर,

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ को सिस्नेरी ,दक्षिणकाली, काठमाण्डौं सडक खण्डमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको घट्ना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाकारी दिएका छन्।

आज मध्यान्न साँडे १२ बजे तिर रौतहटबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना भएको हो । ओखरडाँडाको सडकवाट करिब ४ सय फिट तल खसेको जनाएको छ । सवार ५ जना घाइते भई उपचारको लागी काठमाण्डौंतर्फ पठाइएको छ । बाँकी विवरण आउन वाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*