बने सर्वाधिक महँगा अभिनेता अक्षय, पारिश्रमिक भारु १२० करोड पुग्‍यो

हेटौडा टुडे
८ माघ २०७६, बुधबार २२:०८

पछिल्लो समय बलिउडमा कसैको सिनेमा लगातार सुपरहिट छ भने अभिनेता अक्षय कुमारको छ। गत वर्ष उनी अभिनित, केशरी, मिशन मंगल, हाउसफुल ४ र गुन न्यूज गरी चार सिनेमाले वक्सअफिसमा विश्वव्यापीरुपमा हजार करोड भारू बढीको कमाइ गरे। उनको पछिल्लो रिलिज ‘गुड न्यूज’ले त अझै वक्सअफिसमा उल्लेखनिय व्यापार गरिरहेको छ। लगातार सिनेमा सफल भइरहेकाले बलिउड निर्माता(निर्देशकको आँखा पछिल्लो समय अक्षयकुमारतीर सोझिएको छ।

केही समय अगाडि उनले बासु भगनानीको सिनेमाको लागि सय करोड भारु पारिश्रमिक लिन लागेको समाचार बाहिरिएको थियो। सो पारिश्रमिकको अंकले सबैको ध्यान आकृष्ट गरेमा मंगलबार उनको पारिश्रमिकको नयाँ अंक सार्वजनिक भएको छ। बलिड वेवसाइट बलिउड हंगामाले आफ्नो समाचारमा अक्षयको नयाँ पारिश्रमिक १२० करोड भारू पुगेको जनाएको छ। उनले ‘राझंणा’ तथा ‘जिरो’ निर्देशक आनन्द एल रायको नयाँ सिनेमाका लागि उक्त रकम बुझ्न लागेको उसले बताएको छ।

यो पारिश्रमिकले अक्षयलाई बलिउडको सर्वाधिक पारिश्रमिक लिने बलिउड अभिनेता बनाएको छ। सिनेमामा अक्षयका अलावा तमिल सुपरस्टार धनुष र सारा अलि खान अनुबन्धित भइसकेका छन्। सिनेमाको सुटिङ् यसै वर्षको मध्यबाट सुरु हुने बताइएको छ। यस वर्ष अक्षयका तीन सिनेमा रिलिज हुँदैछन्। यस वर्ष रिलिज हुने उनका सिनेमामा ‘सूर्यवंशी’, ‘लक्ष्मी बम’ र पृथवीराज रहेका छन्।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*