
माघ १० , हेटौडा
हेटौंडाको मानसचोकमा शंकास्पद झोला देखेपछि झोला भित्र के होला भन्ने खैलाबैलाले हेटौडामा दिउसो सम्म चलिरहयो जब सम्म झोला भित्र के होला भन्ने कुरा प्रमाणीत भएन । हेटौंडा २ मानसचोकमा भेटिएको उक्त वस्तु कुनै विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ।
झोला भित्र के हो के होला भन्ने मानिसको मनको डर सेनाको बम डिस्पोजल टोलिले प्रमाणित गरिदिएको छ ।सेनाले शंकास्पद झोलालाई डिस्पोज गरेसँगै कुनै पनि विस्फोटक पदार्थ नभएको पुष्टि भएको हो।
बिहानदेखि त्रसित बनेका हेटौंडा २ मानसचोक आसपास स्थानियबासि र बटुवाहरु अहिले उक्त स्थानमा प्रहरिले बन्द गराएको बाटो आवत जाबत सहज भएको छ र दैनिकि सहज बनेको छ । सेनाले शंकास्पद बस्तुलाई डिस्पोज गरेसगैं भेटिएको फोहोरको धुप्रोहरुलाई देखेपछि स्थानियबासि र बटुवाहरुले कसले र किन यसो गरेको होला भन्न शंका गर्न धालेका छन ।
सेयर गर्नुहोस्