माघ २६, हेटोडा
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखामा नयाँ नेतृत्व आनज चयन भएको छ। सम्पन्न चौथो अधिवेशनले नौं सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघ नेपाल पत्रकार महासंघको पहिलो एसोसियट संस्था हो।
अधिवेशनले पुनः मणिराज गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्ष कपिल खड्का, सचिव श्रीराम अर्जुन दाहाल, सह सचिव रविन्द्र गौतम, कोषाध्यक्ष मनोज देवकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन गरिएको हो ।
कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको हो। चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, केन्द्रिय सदस्य नरेन्द्र महर्जन,नेपाल चलचित्र पत्रकार संघका महासचिव अनिल यादव, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट लगायतको उपस्थिति थियो ।