फाल्गुन ०३ हेटौँडा,
टिसिएन युथ क्लबको आयोजनामा शनिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहयोगमा आयोजनामा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र २९ जना पुरुष गरि ३४ जनाले रक्तदान गरेका थिए ।विभिन्न दुर्घटनामा परेका मानिसहरुलाई रगत अभाव नहोस भन्ने भावनाका साथ रक्तदानको आयोजना गरीएको टिसिएन युथ क्लबकी सदस्य रोजिना पौडेलले बताउनुभयो ।
सेयर गर्नुहोस्