लागू औषध डाईजेपाम सहित हेटौंडा बाट २ जना पक्राउ

हेटौंडा टुडे
७ फाल्गुन २०७६, बुधबार १५:०८

फागुन ७ हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागु औषध डाईजेपाम सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षिय सुवास अर्याल र हेटौडा ८ कमाने बस्ने अन्दाजी २५ वर्षिय विकास कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ रातोमाटे चेक पोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ८ ख २८३१ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका सुवास अर्याल र विकास कार्कीले आआफ्नो नली खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको लागू औषध डाईजेपाम फेला परेको हो ।

प्रहरीको अनुसार अर्यालको साथबाट डाईजोपाम १६ एम्पुल,फेनरागन १६एम्पुल,नोर्फिन १६ एम्पुल जम्मा ४८ एम्पुल र कार्कीको साथबाट डाईजोपाम १५ एम्पुल,फेनरागन १५ एम्पुल,नोर्फिन १५ एम्पुल गरि जम्मा ४५ एम्पुल लागू औषध डाईजेपाम समेत फेला पारी  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
कानुनी प्रवधान अनुसार उनिहरुलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र नगद रु १०,००० देखि ५०,००० सम्म जरिवाना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*