बकैया गाउँपालिका: भालुखोला सामुदायिक वनमा कुहिएको शव फेला

हेटौंडा टुडे
१४ फाल्गुन २०७६, बुधबार १५:४०

फागुन १४, मकवानपुर /मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका–६ भालुखोला सामुदायिक वनमा एक व्यक्तिको कुहिएको शव फेला परेको छ । आज भन्दा करिब २० दिन अगाडिको शव हुनसक्ने प्रहरीले जनाएको छ । शवको निरीक्षण गरेको प्रहरी टोलीले शवको पहिचान हुन नसकेको बताइएको छ ।

स्थानीयनले शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको थियो । ३ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र ५ जना स्थानीय घटना स्थल पुगेका थिए ।

प्रहरी निरीक्षक श्रेष्ठको अनुसार हड्डीमात्रै रहेको कारण शवको पहिचान हुन सकेको छैन् । ‘हड्डीमात्रैको शव छ । कपाल छोटो र कपडा हेर्दा पुरुषको शव भएको जस्तो देखिन्छ ।  प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् । घटनास्थल र शवको प्रकृति हेर्दा मृत्यु वा हत्या हो भन्ने सकिने अवस्था नरहेको प्रहरीको भनाई छ । वनको भिरमा शव भेटिएको हो । यसअघि गाउबाट मान्छे नहराएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो । ‘स्थानीयसँग सोधपुछ गर्दा यसअघि गाउँका कोही पनि नहराएको जानकारी पायौं । घटनाको विषयमा हामी अनुसन्धान गर्छौ ।’ उहाँले भन्नु भयो ।

स्थानीयहरुले दिएको जानकारी अनुसार विगतमा सोही वन क्षेत्रमा बाघले बाख्रा खाने गरेको थियो । तर, मान्छेलाई बाघ वा अन्य कुनै जनावरले यसअघि नमारेको स्थानीयले प्रहरीलाई बताएका छन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्ने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । स्थानीयले महिलाको शव भनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमको लागि शव हेटौंडा ल्याउँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*