हेटौंडा चैत ११ /तपाई अहिले बैंक रोडस्थित बैँक अफ काठमाडौं छिर्ने बाटो ( नयाँ मार्ग) पुग्नुभयो भने अन्दाजी ४० बर्षको मानशिक असन्तुलन भएको एक मानिसलाइ देख्नुहुन्छ ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरको संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशैभर लकडाउन आह्वान गरेको बेला नागरिकहरु घरबाट बाहिरसमेत निस्कीनुभएको छैन ।
केही समय अघि मकवानपुरको विभिन्न निकायको सयुक्त पहलमा मकवानपुरलाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको भएपनि बजारमा उहाँ जस्तै सडक मानव थुप्रै हुनुहुन्छ ।
उहाँ को हुनुहुन्छ, घर कहाँ हो त्यसबारे उहाँ आफैँ जानकार हुनुहुन्न । मानशिक असन्तुलन भएको नागरिक बजारमा मनोमानि तरिकाले घुमिरहँदा उहाँ स्वयमंलाई र अन्य नागरिकलाई समेत विभिन्न किसिमका जोखिम देखिन्छ ।
यदी कोरोनाको संक्रमण भइहाले उहाँले अरुलाई पनि सार्ने जोखिम उत्तीकै छ । सरोकारवाला निकायले उहाँलाई नियन्त्रणमा लिनु आवश्यक देखिन्छ ।