म्युजिकल ग्रुप अफ हेटौंडाको कोरोना सम्बन्धि सचेतना गित सार्वजनिक (भिडियो सहित)

टुडे संवाददाता
१३ चैत्र २०७६, बिहीबार १३:३२

चैत्र १३ ,हेटौंडा/म्युजिकल ग्रुप अफ हेटौंडाले कोरोना सम्बन्धि सचेतना गीति भिडियो सार्वजनिक गरेको छ ।
केही दिन अगाडि मात्र म्युजिकल ग्रुप अप हेटौंडाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गिति भिडियोमा शब्द ध्रुव बहादुर बिष्ट को रहेको छ भने गायकमा राघव न्यौपाने त्यस्तै मादलमा मनिष गौतम र डिजेम्बिमा मनिस दहाल को भुमिका रहेको छ।
कोरोना सम्बन्धि सचेतना गित पछिल्लो समय निकै दर्शक हरुले रुचाईएको प्रकाश सपुतको गित “गल्बन्दि च्यातियो” को भाका मा रहेको छ । विश्व भर शन्त्रास फैलिरहेको नोबल कोरोना भाईरस बाट कसरि बच्न सकिन्छ भन्ने बारे उक्त भिडियोमा चर्चा गरिएको छ ।
म्युजिकल ग्रुप अफ हेटौंडाका मेम्बर मनिष गौतम बताउनुहुन्छ,”कोरोना फैलन नदिनका लागि यो हाम्रो सानो प्रयास हो ।”म्युजिकल ग्रुप अफ हेटौंडाले यस अघि पनि कभर गतिहरु गाँउदै आईरहेका छन् । तपाईहरुले म्युजिकल ग्रुप अफ हेटौंडा युट्युब च्यानल सर्च गरेर म्युजिकल ग्रुपको प्रतिभाहरु हेर्न सक्नुहुनेछ ।

हेर्नुहोस भिडियो,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*