आजबाट खाद्यान्न,तरकारीको पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने

हेटौंडा टुडे संवादाता
१९ चैत्र २०७६, बुधबार ११:२०

चैत्र १९, हेटौडा

लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास जिल्ला प्रशासन कार्यालय मकवानपुरले बन्द गरेको छ । यस अघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गर्दै आएको थियो तर पासको दुरुपयोग भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो व्यवस्था गरेको हो ।

अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी मात्रै नियमित संचालनमा आउने भएका छन् । त्यस बाहेक अन्य क्षेत्रलाई उपलवध गराउँदै आएको पास बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न, दुग्ध तथा तरकारी पसलहरु अब दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न, दुग्ध र तरकारी पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने भएका छन् । अन्य समयमा ति पसल खोले कारवाही हुने भएको छ । दिउँसो किनमेल गर्न जाँदा  भिडभाड नगर्नका साथै सोही समयमा उपभोक्ताहरुलाई आवश्यक पर्ने सामानहरु निश्चित दुरी कायम गरी आफ्नो नजिकको पसलहरुमा मात्र गई सामान किन्न आग्रह गरिएको छ । औषधी पसल भने सधैं खुल्ला रहने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*