श्रीमान श्रीमती सवार मोटरसाइकल मनहरीमा दुर्घटना,श्रीमतीको मृत्यु श्रीमान घाइते

टुडे संवाददाता
१९ चैत्र २०७६, बुधबार १७:३६

 चैत्र १९ ,हेटौंडा/मकवानपुरको मनहरी गाँउपालिका ९ रजैया नजिक बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवन तर्फबाट मोरङ तर्फ जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल मनहरी ९ स्थित सडक छेउमा दुर्घटना हुँदा मोटरसाइकलमा सबार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएको प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ सुन्दर हरैंचा नगरपालिका ४ बस्ने ३० बर्षीया बिनिता घिमिरे रहेको र  घाइते हुनेमा मोटरसाइकल चालक  सोहि ठाँउ बस्ने ३३ बर्षीय लिलामणि घिमिरे रहेको बताईएको छ ।

मृतक र घाइते श्रीमान श्रीमती भएको प्रहरीले जनाएको छ।तिब्र गतिमा हुइकिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*