हेटौँडा अस्पताल बाट भरतपुर रिफर राईको मृत्यु

टुडे संवाददाता
२१ चैत्र २०७६, शुक्रबार ११:१५

हेटौँडा,२१, चैत्र /उषाकुमारी राईको जरो र निमोनिया को कारण आज भरतपुरमा मृत्यु भएको छ ।  हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको आज भरतपुरमा मृत्यु भएको हो ।  जरो र निमोनियाकी पिडित उनलाई हेटौंडाबाट हिजो राति रिफर गरिएको थियो ।

सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो । हेटौँडा अस्पतालमा आउँदा उनको अवस्था निकै क्रिटिकल रहेको कारण आफुहरुले तत्कालै भरतपुर रिफर गरेको हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले खबरब्रेकलाई बताए । उनलाई म्यानेनजाईटिक्स रोग रहेको कारण आफुहरुले तक्काले रिफर गरेको उनको भनाई छ ।
उनको स्वाब परीक्षण हुन भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*