नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण देखियो

हेटौंडा टुडे संवादाता
२२ चैत्र २०७६, शनिबार १६:०५

चैत २२, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*