कैलालीसँग सीमा जाेडिएका बर्दियाका राजापुर र ठाकुरबाबाकाे सबै नाका बन्द

टुडे संवाददाता
२२ चैत्र २०७६, शनिबार १९:२७

 चैत २२,बर्दिया /कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ ।

पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिने राजापुर र ठाकुरबाबा नगरपालिकाका प्रमुखले बताएका छन् । कैलालीको टिकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।

यसैगरी पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*