धनगढीमा कोभिड-१९ को ‘लोकल ट्रान्समिसन’ भेटिएपछि आजबाट लकडाउनमा कडाइ

हेटौंडा टुडे
२३ चैत्र २०७६, आईतवार १२:१९

 

चैत्र २३ , हेटौडा

धनगढी  मुलुककै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी रहेको धनगढी शहरसहित कैलाली जिल्लामा आजबाट थप कडाइ गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले शनिवार एक अपिल जारी गर्दै चैत २३ गतेदेखि पूूर्णरुपमा बन्द गर्ने जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा हाल ४ जना कोरोना भाइरस संक्रमणका बिरामी उपचाररत छन् । देशभर ९ जना संक्रमित भेटिएकोमा १ जना निको भइसकेका छन् ।

आज बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधन पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारीहरुलाई नगरपालिकाले गरेको छ । साथै बन्दको अवधिमा आवश्यक खाद्यवस्तुहरू घरघरमै र्पुयाइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*