लाग्छ “हेटौंडा बजारमा लगडाउन हैन हाट बजार लागेको छ ।” (फोटो फिचर )

हेटौंडा टुडे संवादाता
२४ चैत्र २०७६, सोमबार १८:५८

चैत्र २४ हेटौंडा / विश्व ब्यापी रुपमा सन्त्रास फैलिएको नोबल कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले लगडाउन गरेको आज सोमबार १४ दिन भएको छ । सरकारले लकडाउनको अवधि लम्ब्याई वैशाख ३ गतेसम्म गर्ने निर्णय गरेको छ। लगडाउन गरेसँगै सबैलाई घरमै बस्न अग्रह गरेको थियो।

नेपाल सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेक सबैलाई घरमा बस्न अग्रह गरेको थियो तर बागमती प्रदेशको राजधानि हेटौंडा मा भने सरकारको निर्देशनलाई अटेर गरेर रोड मा मानिसहरुको धेरै संख्यामा देखिएको छ । लाग्छ हेटौंडा बजार क्षेत्रमा लगडाउन हैन हाट बजार लागे झै देख्न सकिन्छ ।

मनिसहरुको संख्या घुलमिल जति बढ्यो कोरोना संक्रमणको जोखिम उति बढि हुने भएकोले नेपाल सरकारले दुरि कायम रखेको थियो तर हेटौंडामा सरकारको निर्देशन लाई गलत्याई रहेको अवस्था छ । खाध्यान्न, तरकारी पसल, फार्मेसि जस्ता अत्यावश्यक सेवा दिने मात्र नभई मोवाईल पसल देखि पान पसल सम्म खोलेको पाईएको छ ।

हेटौंडाको प्रमुख तरकारी बजार भनेर चिनिने हेटौंडा ४ खोपेगल्ली र हेटौंडा १० टिसिएन रोड यहाँ दैनिक जसो तरकारी किन्ने हरुको भिड लाग्ने गर्दछ ।  हेटौंडा उप-महानगरपालिकाले हेटौंडा ४ खोपेगल्लीमा तरकारी किन्दा गोलो घेरा भित्र रहेर तरकारी खरिद गर्न आग्रह गरेको थियो । हाल गोलो घेरा मेटीएर सर्वसाधारण तरकारि खरिद गर्दा पसल भित्रै पुग्ने गर्दछन् । संञ्चार माध्यमा बार बार समाचार प्रकाशन भई राख्दा पनि सम्बधित निकाय प्रशासनले अझै पनि चासो दिएको छैन् ।

सर्वसाधारणलाई सहजताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाध्यान्न,तरकारी खरिद गर्ने समय १० बजे देखि ३ बजे सम्म तोकिदिदा पनि सर्वसाधारण ले बेवास्था गरेको पाईएको छ । प्रहरीले जति सुकै सम्झाउदा पनि अटेर गर्दै छन् । सम्बधित निकाय प्रशासनको ध्यान पुग्न जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*