
चैत्र ३०,हेटौँडा/नेपालमा थप तीनजनामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको पुष्टि गरेको हो । पुष्टि भएका तीनजनानै भारतीय मुस्लिम धर्मगुरु रहेको मन्त्रालयलको एकजना अधिकारिले खबरब्रेकलाई जानकारी दिएका छन् ।
उनीहर केहि समयअघि नेपाल भारत सिमा जोडीएको पर्सा जिल्लाको बिरगंज आएका थिए । लकडाउनको समयमा उनीहरु नेपाल आएका थिए । उनीहरुको रिर्पोट सार्वजनिक गर्नको लागि अहिले मन्त्रालयमा आकस्मीक बैकठ सुरु भएको छ ।
उनीहरुसँगै नेपालमा कोरोना संक्रमणण हुनेको संख्या १२ पुगेको छ ।
विरगञ्जमा गत विहिबार नारायणी उपक्षेत्रीय अस्पतालमा आएका उनीहरुको स्वाब परिक्षणको लागि हेटौँडा ल्याईएको थियो ।
मकवानपुरको हेटौँडामा रहेको कोरना परिक्षण ल्यावमा परिक्षण गरको स्वाब परिक्षणको क्रममा तीनजनाको परिक्षण शंकास्पद देखिएपछि काठमाण्डौँको केन्द्रीय प्रयोगशालामा पठाईएको थियो।

