बैशाख १,हेटौँडा/ हेटौँडामा विहान १० बजे देखि ३ बजेसम्म खुल्ने तरकारी खाद्यन्न पसल वैशाख २ गते भोली देखि किनमेलको समय विहान ९ बजेसम्म कायम गरेको छ । दिउँसो खुल्ने गरेको सम्पूर्ण खाद्यन्न पसल तथा तरकारी पसलहरु बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टलले मंगलबारबाट लागु हुनेगरि औषधीजन्य पदार्थ किन्न बाहेक अन्य अवस्थामा मोटरसाईकल चलाउनलाई समेत प्रतिबन्ध लगाएको छ ।
बैठकले तराईबाट आउने सम्पूर्ण अत्यावश्यक खाद्यन्नको साबारीमा डिसइन्फेक्ट औषधी छर्कने निर्णय समेत गरेको बैठकमा सहभागी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।
सेयर गर्नुहोस्