हावाहुरी सहितको असिनापानीले मनहरीमा ठुलो क्षति

टुडे संवाददाता
६ बैशाख २०७७, शनिबार १३:१२

बैशाख ०६,हेटौँडा/शुक्रबार बेलुका परेको हावाहुरी सहितको असिनापानीले मनहरीको बालीनालीमा ठुलो क्षेति पुर्‍याएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ५ मा पर्ने रुन्चेडाँडा, बसन्तपुर, डिल्लीपुर, दर्दरा लगायतको क्षेत्रमा असिनापानी सहितको हावाहुरीले तरकारी,कुखुरा फर्म तथा अन्नबालीमा ठुलो क्षति पुर्‍याउँएको हो ।

गाउँका दर्जन बढी घरको छानो उठाएको छ भने त्यहा रहेका विजुलीका पोलहरु भाँचिएको छ । सो स्थानमा अहिले विद्युत सेवा पनि अबरुद्ध रहेको छ । गाउँमा रहेको कुखुरा फर्ममा समेत हावाहुरीको असर परेका छ । त्यहा रहेका कतिपय कुखुरा र्फमका सबै कुखुरा मरेका छन भने चराचुरुंगी समेत मरेको वडा नम्बर ५ को वडाध्यक्ष शुभराज थिङले बताउनु भयो । किसानहरुले लगाएको मकै सहितका तरकारी बाली पनि नष्ट भएको छ । गाउँपालिकाले क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*