आधुनिक प्रविधिको प्रयोगबाट जनप्रियमा कक्षा सञ्चालन

टुडे संवादाता
८ बैशाख २०७७, सोमबार १६:४९

बैशाख ८,हेटौंडा /जनप्रिय नमूना मावि तथा प्राविधिक शिक्षालय हेटौँडामा आधुनिक शिक्षा पद्धति जुमबाट कक्षा सञ्चालन सुरु भएको छ । विश्व नै कोरोनाको त्रासदीबाट गुज्रिरहँदा विद्यार्थीको शिक्षण प्रक्रियालाई निरन्तरता दिन भर्चुअल कक्षा नै उपयुक्त वैकल्पिक विधि रहेको प्राविधिक धार कोअर्डिनेटर मोतिउर रहमान बताउनुहुन्छ ।

बालीविज्ञान , पशुविज्ञान तथा इन्जिनियरिङ सङ्कायका विभिन्न कक्षाहरू भर्चुअल रुपमा सञ्चालन हुनेछन् । विश्वव्यापी रुपमै लकडाउन रहेको अवस्थामा यसरी कक्षा सञ्चालन गरी विद्यार्थीहरूमा पर्न जाने मर्कालाई न्युनिकरण गर्न सकिन्छ भन्ने मतका आधारमा यो प्रक्रियामा अघि बढेको विद्यालयका प्राचार्य नवराज अर्याल बताउनुहुन्छ । राज्यले विषम समयमा प्रविधिको प्रयोग गरेर शिक्षा प्रक्रियामा अघि बढ्ने सोच बनाइरहँदा सामूदायिक विद्यालयमा यस किसिमको प्रयोग गरी अगाडि बढ्नु सकारात्मक पहलकदमी रहेको उहाँको ठम्याइ छ । पछिल्लो समय प्राविधिक तर्फको कृषि शिक्षाका लागि हब बनिरहेको सामूदायिक विद्यालय जनप्रियमा यो प्रविधि प्रयोगको सहजताका लागि राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र नेपाल रिसर्च एन्ड एजुकेसनल नेटवर्कको सहयोग रहेको शिक्षालयका आइटि प्रमुख रमेश पराजुलीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*