बैशाख १०,हेटौँडा/मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ सामरी खोला बगरमा निर्माण गरिएको क्वारेन्टिन हावाहुरीले क्षति पुर्याएको छ । मंगलबार साँझ आएको हावाहुरीको कारण क्वारेन्टिनमा क्षति पुगेको हो । ५० शैयाको क्वारेन्टिनको अधिकांश भागलाई हावाहुरीले कामै नलाग्नेगरि क्षति पुर्याएको हो ।
नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले बनाएको ५० शैयाको क्वारेन्टिनमा कोरोना संक्रमित रहेका र आशंक गरिएका बिरामीहरुलाई राख्ने तयारी गरिएको थियो भने उक्त स्थानमा हेल्थ डेस्क समेत स्थापना गरिने बताईएको थियो ।
बागमती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार विभिन्न स्थानमा हेल्थ डेस्क राखी गरिने चेकजाँचमा नेपाली सेनाले सहयोगमा निमार्ण गरिएको थियो
सेयर गर्नुहोस्