मनहरी-९ रजैयामा खोलाले बगाएर एक बालिकाको मृत्यू

टुडे संवादाता
२६ बैशाख २०७७, शुक्रबार १५:४९

बैशाख २६ ,हेटौडा

मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा खोलाले बगाएर एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुने बालिका हेटौंडा उपमानगरपालिका वडा नम्बर १९ निवासि राजू अधिकारीको छोरी मार्मिका अधिकारी रहेको हेटौंडा टुडे को स्रोत ले जनाईएको छ

श्ुाक्रबार बिहान मनहरि गाउपालिका ९ रजैयामा रहेको आफ्नो मामाघरमा भाईहरुसंग खोलामा पैडी खेल्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको हो । बालिकालाई घटना स्थलबाट उपचारको लागि चुरेहिल अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  उनलाई अस्पतालले दिउसो २ बजे मृत घोषण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*