बकैया गाउँपालिकाको फुयाँल किराना पसल चोरी गर्ने पक्राउ

टुडे संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार ११:४२

जेठ,२ हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली बस्ने होमनाथ फुयाँलले आफ्नै घरमा संचालन गर्दै आएको फुयाँल किराना पसल चोरी गर्ने पक्राउ परेको मकवानपुर प्रहरीले जनाईएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ५ भनौरा बस्ने वर्ष १९ वर्षिय दिपेश देउजा रहेको बताईएको छ । देउजालाई प्रहरी चौकी हात्तिसुढे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको  हो ।

देउजालाई चोरी भएको सामान सहित पक्राउ गरी  जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको छ ।

कानूनी प्रावधान अनुसार चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ वर्ष देखि १० वर्ष सम्म कैद र ५० हजार देखि १लाख सम्म जरिबाना हुने प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनूभयो ।

गत बैशाख २६ गते राति चोरी भएको थियो  ।   किराना पसलबाट १२ लाख १० हजार ३ सय ४० मूल्य बराबरको चोरी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*