जेठ ६, हेटौंडा /मकवानपुरमा आजमात्र कोरोना संक्रमण पुष्टि भएको ब्यक्ति उत्तरी मकवानपुरको थाहा नगरपालिकाको भएको खुलेको छ । थाहा नगरपालिका टिष्टुङ देउरालीका २८ बर्षीय ट्रक ड्राईभर रहेको खुलेको छ । उनको धुलीखेलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।
गत बैशाख २५ गते टिष्टुङबाट काठमाडौं गएको र काठमाडौंको बाफलमा उनी बस्दै आएको जनाईएको छ ।लकडाउनको समयमा उनी कहाँ–कहाँ गएका थिए, लगायतका विषयमा अनुसन्धान शुरु भएको जनाईएको छ । उनको परिवारलाई साँझ नै थाहा नगरस्थित क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको छ ।
‘अब कन्ट्रयाक्ट टे«सिङको काम शुरु गरेर उनीसंग सम्पर्कमा रहेकाहरुको खोजी हुनेछ ।’–ति स्वास्थ्यकर्मीले भने–‘सुविधाका आधारमा उनको सम्पर्कमा रहेकाहरुको हेटौंडा, काठमाडौं वा अन्य क्षेत्रबाट स्वाब नमूना संकलन शुरु हुनेछ ।’
सेयर गर्नुहोस्